केआईआईटी घटनाको प्रतिष्ठानद्धारा भर्सना

संस्कार प्रज्ञा–प्रतिष्ठानले गत आईतबार कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ओडिसा, भारतमा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रुपन्देहि जिल्ला स्थायी घर भएकी २० वर्षीया प्रकृति लम्सालको शंकास्पद निधनले स्तब्ध बनाएको जनाएको छ ।

घटना पछि त्यस कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूले न्यायीक छानवीनको माग गर्दा उक्त कलेजले नेपाली विद्यार्थी प्रति गरिएको व्यवहार निन्दनीय भएको भन्दै उक्त कलेजले न्यूनतम मानविय मुल्य, मान्यता समेत ख्याल नगरि नेपाल र नेपाली विद्यार्थी प्रति गरिएको टिप्पनी र व्यवहार गैरजिम्मेवारीपुर्ण भएको भन्दै घोर भर्सना गरेको छ । प्रतिष्ठानले घटनाको आवश्यक छानवीन गरि दोषीलाई हदै सम्मको कारबाहिको माग गरेको छ ।

सोमबार जारि गरिएको विज्ञप्तीमा भनिएको छ । नेपाली विद्यार्थीको सुरक्षा लगायतको व्यवस्थापन गर्न नेपाल सरकार, विशेष गरी परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, गृह मन्त्रालय, भारतस्थित नेपाली दुतावास तथा नेपालस्थित भारतीय दुतावास समेतलाई ध्यानाकर्षण गराउदै आगामी दिनमा समेत यस्ता घटना दोहरिन नदिन सचेतना अपनाउन र आगामी दिनमा विद्यार्थीहरुले स्वदेशमै अध्ययन गर्ने व्यवस्था मिलाउन गरि दिर्घकालिन शैक्षिक योजना तर्जुमा गर्न समेत नेपाल सरकारसंग माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *