D
संक्षिप्त भुमिका
प्रविधि र मानवीय क्षमता विकासका क्षेत्रहरु फराकिलो बन्दै गएपनि मानवीय क्षमता र प्रविधिको विकाससंगै मानवीय आचरण र व्यवहारमा पनि रचनात्मक भावनाको विकास हुनु पर्ने हो तर प्रविधीको विकास र विस्तार संगै मानवीय मुल्य, मान्यता र भावनामा अपिक्षाकृत विस्तार भएको छैन । अत्याधुनिक प्रविधी र क्षमताको विकाससंगै मानवीय आचरण र व्यवहारलाइ समयसापेक्ष सन्तुलित वनाउन संस्कार अभियानको आवश्यकता रहेको छ ।
यसका अतिरिक्त नेपाल बहुभाषिक, बहुसांस्कृतिक, र बहुजातीय विविधताले भरिएको देश हो। यहाँका परम्परा, मूल्य, मान्यता र संस्कृति नेपाली पहिचानका आधारस्तम्भ हुन्। समयसँगै ती संस्कार, परम्परा, मूल्य, मान्यता र परम्पराहरू कमजोर हुँदै गएका छन्। हाम्रा पहिचानका आधारहरुलाई बलियो वनाउदै नेपालीहरुलाई विश्वमा पौरखि, आत्मनिर्भर, इमान्दार र कल्याणकारी कार्यमा अभिप्रेरित गर्न पनि यस अभियानको आवश्यकता रहेको छ ।
हामी नेपालीका ऐतिहासिक विरता,स्वाभिमान र पौरखलाइ विश्वव्यापि वनाउन समेत संस्कार अभियान आवश्यक छ । भौगोलिक रुपमा संसारभर फैलिएर रहेका नेपालीहरुलाई विचार र व्यवहारले एकताको सुत्रमा बाँध्न पनि यस अभियानको महसुस गरेका छौ । जो जहाँ रहेपनि नेपालीपनको जगेर्ना गर्न, भाषा कला, साहित्य, संस्कृति, इमान्दारीता, विरता र ऐतिहासिकता लगायतका विशाल नेपाली मानवीय भवनाको प्रबर्धन गर्न हामीले यस अभियानको परिकल्पना गरेका छौ। नेपालीपनको प्रबर्धन गर्न र नेपाललाई धार्मिक आध्यात्मिक रुपमा पर्यटनको विकास गर्ने सन्दर्भमा संस्कार अभियानको आवश्यकता अझ महत्त्वपूर्ण बन्ने छ।
१. संस्कार अभियान भनेको के हो?
संस्कार अभियान एक विशाल क्षेत्र भएको अभियान हो । यस अभियान अन्तर्गत व्यक्तिगत आचरण, जीवन व्यवस्थापन, नेपालको सनातन, संस्कृति र परम्पराको जगेर्ना गर्न र नेपालीपनको पहिचानलाई विश्वव्यापी वनाउने, संसारभर फैंलिएका नेपालीहरुलाई नेपाली मौलिकतामा एकताबद्ध वनाउने, स्रोत साधनको समुचित प्रयोग गर्न अभिप्रेरित गरि आत्मनिर्भरता बृदि गर्ने नै हो ।
मानव जीवनका तिन वटा महत्वपूर्ण समयहरुको व्यवस्थापन गरि एक अर्को उमेर समुहले उच्च मानवीयता र सद्भाव कायम राख्न र पारिवारिक सम्बन्ध अझ एकताबद्ध, उच्च हार्दिकता र आत्मियताको भावना विकास गर्ने नै हो ।
मानवीय कल्याणकारी कार्य अन्तर्गत वातावरण तथा वातावरणमा रहेका सजिव र निर्जिव वस्तु तथा प्राणीहरुको संरक्षणमा योगदान गर्न अभिप्रेरित गर्ने नै हो । असल आचरणबाट सजिलै संसारलाइ शान्त र समृद्ध वनाउँछ । संस्कार अभियान यि र यस्ता कयौ विषयहरुमा योगदान गर्ने अभियान हो ।
हामी यस संस्कार अभियानका माध्यमबाट समाजमा व्याप्त विकृति, विसंगति, र अनैतिक क्रियाकलापलाई हटाई सकारात्मक सोच, नैतिकता, र मूल्यहरूलाई पुनर्स्थापित गर्नका लागि योगदान गर्ने छ। यसमा शिक्षा, नैतिकता, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासलाई मुख्य प्राथमिकताका रुपमा समाबेश गर्ने छ। तसर्थ संस्कार अभियान एक विशाल सामाजिक अभियान हो । यस मानव जीवनका बृहत क्षेत्रहरुलाई समावेश गर्दछ ।
२. नेपाली समाजमा संस्कार अभियानको आवश्यकता किन ?
(क) आचरण तथा नैतिक संकट
आजको समयमा आर्थिक प्रगति भए पनि नैतिक मूल्यहरूमा गिरावट आएको छ। मानवीय गलत आचरणले सामाजमा अशान्त र अपराधका घटनाहरु बढ्दै गएका छन । मानवीय मुल्य, मान्यताहरु ह्रास हुदै गएका छन । पदिय मर्यादामा बसेकाहरुले पदिय दुरुपयोग गर्दा भ्रष्टाचार, सामाजिक अन्याय बढ्दै गएको छ र अनैतिक आचरणले समाजलाई कमजोर बनाउँदै लगेको छ। संस्कार अभियानले मानवीय आचरणमा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ।
(ख) परिवार र सामाजिक सम्बन्ध
परम्परागत परिवारिक प्रणाली खण्डित भइरहेको छ। यसले वृद्धवृद्धाको हेरचाह, बालबालिकाको नैतिक शिक्षामा असर पारेको छ। स-साना कुराहरुलाइ आत्मसात गर्न नसक्दा पारिवारिक कल्ह हुने, सम्बन्ध विच्छेद हुने जस्ता परिवारिक असहजताहरु उत्पन्न भएका छन । संस्कार अभियानले परिवारमा आपसी प्रेम, सम्मान, र उत्तरदायित्वका भावना जागृत गर्न मद्दत गर्छ।
(ग) संस्कृति संरक्षण
विश्वव्यापिकरणको प्रभावले नेपाली संस्कृतिमा पश्चिमी प्रभाव बढिरहेको छ। यसले परम्परागत चाडपर्व, भाषा, र लोक संस्कृतिलाई चुनौती दिइरहेको छ। गैरकानुनी धर्म परिवर्तन जस्ता कार्यले नेपाली समाज खण्डित भैरहेकाले यस्ता कार्यको रोकथाम गर्न आध्यात्मिक जागरण संचालन गरि साँस्कृतिक र ममौलिकताको संरक्षणमा संस्कार अभियानले योगदान गर्ने छ ।
(घ) शिक्षामा चरित्र निर्माण
शिक्षा प्रणालीले बढी प्राविधिक दक्षतालाई प्राथमिकता दिँदै आएको छ। तर चरित्र निर्माण, नैतिक शिक्षा, सामाजिक चेतना र मानवीय भावनाको कमीले शिक्षाको उद्देश्य अपूर्ण बनिरहेको छ। संस्कार अभियानले शिक्षालाई नैतिक र सामाजिक दृष्टिकोणले पनि सबल बनाउन प्रयास गर्ने छ ।
(ङ) व्यक्तित्व विकास र जीवन व्यवस्थापन
व्यक्तित्व विकास र जिवन व्यवस्थापनका विविध विषयहरुमा अध्ययन अनुसन्धान गरि मानिसको दैनिक जीवनमा अत्यावश्यक पर्ने आधारभुत सिप सम्वन्धी विभिन्न अभिमुखिकरण कार्यक्रमहरु संचालन गरि रचनात्मक कार्यमा अभिप्रेरित गरि मानव जिवनलाइ सहज वनाउन यस अभियानले योगदान गर्ने छ।
(च) विध्यार्थिहरुमा असल संस्कारको विकास
विद्याल स्तरमा संस्कार कल्वहरुको स्थापना गरि विध्यार्थिहरुमा असल संस्कार सम्वन्धी विविध कार्यक्रमहरु संचालन गर्ने छ । यस अभियानले असल नैतिवान र दक्ष जनशक्तिको विकास गर्न अभियानले योगदान गर्ने छ ।
(छ) आध्यात्मिक तथा साँस्कृतिक विकास
मानव जीवनलाइ सुख, शान्त र समृद्ध वनाउन र नेपाली पहिचानलाई प्रवर्धन गर्न, योग, ध्यान, कला, साहित्य र संगितका माध्ययमबाट जीवनलाइ सहजता प्रदान गर्न यस अभियानले योगदान गर्ने छ । योग ध्यानका अतिरिक्त आध्यात्मिक ज्ञानभुमिका रुपमा नेपाललाइ विकास गर्न थप सम्भाव्यता अध्ययन गर्न पहल गरिने छ । यस्ता विविध अतिरिक्त विषयहरुमा समय-समयमा सम्मेलन, विविध प्रतियोगगिता र अभिमुखिकरण गरि आध्यत्मिक र साँस्कृतिक विकासमा योगदान गर्न यस अभियानले प्रयास गर्ने छ ।
(ज) नेपालीपनको पहिचानको प्रबर्धन
नेपालको मोलिखता, भाषा, साहित्य, संस्कृति र धार्मिक परम्पराहरुको विश्वव्यापी रुपमा फैलाउन र नेपालको ऐतिहासिकताको खोज, अध्ययन र अनुसनधान गरि नेपालीपनको पहिचान गर्न यस अभियानले थप योगदान गर्ने छ ।
(झ) नेपाली ऐतिहासिकताको खोज, अध्ययन र अनुसन्धान
यस अभियानले नेपालको ऐतिहासिक विविध पक्षहरुको खोज,अध्ययन, अनुसन्धान गरि नयाँ पुस्ताहरुमा नेपालको विरता र स्वाभिमानमा गरेको योगदानबारे थप ज्ञान हासिल गर्न उपयुक्त फोरम निर्माण गर्ने लक्ष्य यस अभियानको छ । यसले नेपाली ऐतिहासिकताको विस्तारमा थप योगदान हुने छ ।
(ञ) संसारभर फौलिएका नेपालीहरु विच एकता
विभिन्न कालखण्डमा विभिन्न कारण भौगोलिक रुपमा नेपाल भन्दा टाढा रहेका नेपालीहरु विच भाषा, साहित्य, संस्कृति, सिप, क्षमता, प्रविधी र भावनाका आधारमा नेपालीहरु विच एकता कायम गरि नेपालपनको पहिचानलाई फराकिलो बनाउन विषेश संयन्त्र निर्माण गर्ने लक्ष्य यस अभियानको छ ।
(ट) पर्यटन विकासमा योगदान
नेपाल सनातन संस्कृतिको उद्गम थलो हो । भौगोलिक विविधता संगै आध्यात्मिक रुपमा पनि नेपाल उत्तिकै सम्पन्न छ। भगवान बुद्धको पवन जन्म भुमि र हिन्दु धर्मका ऋषिहरुको जन्म र साधनाबाट सिद्ध प्राप्त भएको पावन पवित्र भुमि हो । यहाँ विशाल ऐतिहासिक धार्मिक स्थलहरु भएकोले हिन्दु, बौद्ध, किराँत लगायतका सनातन धर्म मान्नेहरुका लागि पावन र पवित्र भुमि हो । यी धर्ममा आस्था राख्ने आध्यात्मप्रेमीहरुलाई नेपालमा भ्रमन गर्न अभिप्रेरित गर्न विविध कार्यक्रम संचालन गर्ने लक्ष्य यस अभियानको छ । यसका अतिरिक्त योग, ध्यान र साधनाका लागि समेत नेपाल उपयुक्त गन्तव्यका रुपमा विकास गर्न यस अभियानले योगदान गर्ने छ ।
यसका साथै विविध कारण बर्षौ देखि नेपाल छोडेका नेपालीहरु पुर्खाको देश नेपाल आउन र यहाँका पवन भुमिको दर्शन गर्न समेत यस अभियानले मदत गर्ने छ ।
(ठ) मानवीय सेवा र कल्याणकारी कार्यमा अभिप्रेरित
मानविय संस्कार नै मानवीय सेवा र कल्याणकारी कार्यमा योगदान गर्ने नै हो भन्ने भावनालाइ ब्यापक वनाएर मानवीय सेवा, आपसि प्रेम, वातावरण र वातावरणमा भएका सबै सजिव तथा निर्जिव बस्तुहरुको संरक्षण गर्न अभिप्रेरित गर्ने लक्ष्य यस अभियानको छ। सामाजिक विकासमा सबैको उत्तिकै योगदान रहने भएकाले सबै पक्षको सहअस्तित्वको सम्मान गर्न यस अभियानले योगदान गर्ने छ।
५. निष्कर्ष
संस्कार अभियान नेपाली समाजका लागि एक दिगो समाधान हो जसले समाजको नैतिकता, संस्कार, र मूल्यहरूको पुनर्स्थापनामा योगदान पुर्याउँछ। नेपाली समाजको सभ्य र सशक्त भविष्य सुनिश्चित गर्न संस्कार अभियानलाई व्यापक बनाउनु अति आवश्यक छ। यसका लागि सबै तह र तप्काबाट सामूहिक प्रयास अपरिहार्य छ। समाजका विविध पक्षहरुलाइ विस्तृत बनाउन र मानव जीवनको सार्थकताका लागि आवश्यक सिप र क्षमता विकासका लागि संस्कार अभियान आबश्यक छ । यस अभियानका विविध गतिविधीले जीवनको मूल्य र महत्वबारे विस्तृत ज्ञान प्रदान गर्न अभिप्रेरित गर्ने छ । संस्कार अभियानका लागि हामीले संस्कार प्रज्ञा-प्रतिष्ठानको संस्थागत संरचनालाइ प्रयोग गर्ने छौ । क्रमश :
लेखक- अधिवक्ता दिनेश खड्का, संस्कार प्रज्ञा-प्रतिष्ठानका संस्थापक कार्यकारी अध्यक्ष हुनुहुन्छ ।