पत्रकारीतामा र हाम्रो जिम्मेवारी

पत्रकारीता जीवन निकै महत्वूर्ण पेशा हो । पत्रकारीता कर्मलाई उच्च सम्मानित र विवेकशिल कर्म पनि हो । पत्रकार समाजको ऐना हो । सामाजिक दिगो विकासमा पत्रकारीताको उल्लेख्य भुमिका हुन्छ ।

हामी पत्रकार संवेलशशिल भएनौ भने सामाजिक मर्यादा खलवलिने मात्र होइन गम्भिर दुर्घटना समेत हुन्छ र परिवार तथा समाजले गहिरो क्षति समेत बेहोर्नु पर्ने अवस्था आउँछ । पत्रकारको कारण कयौ सामाजिक विकासमा योगदान पुगेको छ भने यीनकै कारण कयौ असहज अवस्था समेत बेहोर्नु परेका कयौ उदाहरण हाम्रो समाजमा व्याप्त छन ।

एउटा समाचारले कयौ दुर्घटना रोक्न सक्छ भने त्यहि समाचारले कयौ दुर्घटना समेत निम्त्याउने भएकाले पत्रकारको जीवनशैली र उसले गर्ने कर्म मर्यादित र संबेदनशिल हुनु पर्दछ । पछिल्लो समय युटुब लगायतका विभिन्न सामाजिक संञ्जालहरुको गैरकानुनी  तथा असंबेनशिल गतिविधीका कारण पत्रकारीता पेशामा निकै ठुलो चुनौति थपिएको छ । यस्ता सामाजिक संजालहरुको नियमन तथा व्यवस्थापन निकै जरुरी छ । केहि मानवीय सहायताका क्षेत्रमा योगदान गरेपनि संबेदनशिलताको सिमा भुल्दा परिवार तथा समग्र समाजमा निकै ठुलो समस्या बेहोनु परेका कयौ घटनाहरु घटेका छन ।

छिटो, छरितो र असंबेदनशिल सामग्रीहरु सजिलै भाईरल हुने र भ्यूज अनुसारको विज्ञापन र पैसा आउने भएपछि यसले व्यापकता पाएको छ । विना धेरै झन्झट एउटा मोवायल फोनको भरमा यो काम गर्न सकिने भएपछि युटुवका माध्ययमबाट यस्ता गतिविधी गर्नेहरुको संख्या र विकृति बढ्दै गएको छ ।

भिडियो अपलोड भएको केहि समयमै धेरैले हेर्ने भएपछि यसको व्यापकता बढदो छ । अझ अर्को कुरा उनीहरु कानुनको दायरा बाहिरै रहेर वा पत्रकारीताको आधारभुत मुल्य मान्यताको समेत पालना नगरि चर्चित पत्रकारका रुपमा दर्ज गराउँदा हाम्रो समाजले समेत यसरी भिडियो भाईरल गराउने युटुवेलाई सक्रिय पत्रकारका रुपमा बुझ्ने गर्दछ ।

पत्रकारको पनि समाज प्रति उत्तरदायित्व छ । पत्रकारीता पेशाले सकेसम्म समस्या थपिदिने होईन समधानमा सहयोगी बन्नु नै हो । आज यी विभिन्न सामाजिक सञ्जालमा आएका पारिवारीक गतिविधिहरुले धेरैको परिवार उजारिएको छ । हामी सार्वजनिक महत्वका हरेक विषयहरुमा विना प्रभाव समाचार संप्रेषण गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो भने कतिपय व्यक्तिगत मामीलामा उसको गोपनीयता कायम गर्नु र व्यक्तिको मर्यादालाई समेत सम्मान गर्नु पनि हाम्रो अर्को ठुलो जिम्मेवारी र दायित्व हो भन्ने कुरा पनि हामीले भुल्नु हुदैन ।

एउटा भनाई छ नि हजार अपराधी छुटुन तर एउटा निर्दोषले अनाहकमा सजाय भोग्नु नपरोस भन्ने यस्तै हामीमा पनि कयाै समाचार छुटुन तर एउटा पनि गलत समाचार प्रकाशित भएर सामाजिक मर्यादामा खलल नपुगौस भन्ने मान्यता हरेक पत्रकारमा हुनु पर्दछ । अर्थात समाजका अरु कयौ विषयहरु छन ति विषयहरुको संबेनशिलताका आधारमा आम संचार माध्ययममा आउनु पर्दछ । तर एउटा समाचारको कारण कसैको घर परिवार वा व्यक्तिगत सम्बन्ध विग्रनु हुदैन ।

एउटा सानो उदाहरण ः बृद्ध आमा बुवा र साना छोराछोरीको जीम्मेवारी श्रीमतिलाई जिम्मा छोडेर एउटा व्यक्ति अनेकौ बाध्यताका विच उ विदेशिन्छ । त्यो पारिवारिक जिम्मेवारी पुरा गर्ने क्रममा छिमेकी वा अन्य विभिन्न व्यक्तिहरुबाट सहयोग लिनुपर्ने हुन्छ । सहयोग आदान प्रदान हुदाँ हुदाँ समाजले ति महिला लाई अनेकौ संका गर्दछ र केहि व्यक्तिहरु त्यो सम्वन्धलाई अनुचित र अनुमानमा प्रमानित गर्न युटुव लगायतका सामाजिक सञ्जालमा भिडियो खिच्ने व्यक्तिलाई बोलाउँछन । ति युटुवेहरुले प्रहरी प्रशासनले अपराध अनुसन्धाका लागि लिएको भन्दा कडा र गैरकानुनी रुपमा बयान लिन्छन र त्यसको भिडियो सामाजिक सञ्जालमा राख्छन । अन्य समाचार भन्दा यस्ता आन्तरिक पारिवारिक मामिलाका समाचार एकाएक भाईरल हुन पुग्छ ।

यो भिडियो भाईरल हुन्छ उसको व्यापार त राम्रै होला तर यस त्यो परिवारले भने एउटा भयानक दुर्घटना बेहोर्नु पर्दछ । विदेशमा रहेको व्यक्ति, साना बालबालिकाको भविस्य र बृद्ध आमा बाको अवस्था कस्तो होला ? त्यो परिवारको मर्यादा कहाँ पुग्ला ? पारिवारिक संरचना कस्तो होला ? त्यो परिवारले भोग्ने मानसिक सामाजिक तनाबको कुनै सिमा हुने छैन । सदाका लागि त्यो परिवारको असल संरचना भताभुङ्ग हुन पुग्छ । यो त एउटा सानो उदाहरण मात्र हो ।

कुनै अभियुक्तसंग बयान लिए जस्तो गरेर युटुबे पत्रकारीताले के कति सामाजिक जिम्मेवारी निर्वाह गरेका छन ? के यिनीहरुलाई कानुनी राज्यको दायरामा ल्याउनु पर्ने होईन ? के यीनीहरुमा सामाजिक जिम्मेवारी छैन ? यीनीहरु कानुनको दायरामा आउनु पर्दैन ?

स्वतन्त्रता, गोपनीयता र सामाजिक सुरक्षा जस्ता व्यक्तिका मौलिक हक समेत हनन हुने गरि गरिरहेका यस्ता गैरकानुनी कार्यले कयौका घरहरु उजाडि सकेका छन ।

पारिवारिक मामिलामा होइन यीहरुले समाजमा रहेका असल कर्म र समाजको असल पहिचान हुने कला साहित्य, साँस्कृतिक सम्पदा र पर्यटन प्रर्वद्धन हुने गरि धार्मिक तथा प्राकृतिक क्षेत्रको भिडियो भाईरल बनाउन अभिप्रेरित हुनु पर्दछ । यस्ता भिडियोहरुमा तत्काल कम भ्यूज आएपनि समाजिक विकासमा ठुलो योगदान गर्न सक्छ । हाम्रो समाजका कयौ ऐतिहासिक र सामाजिक महत्वका विषयहरु लुकेर रहेका छन । ति विषयहरुमा खोज, अनुसन्धान गरेर भिडियो सामग्री बनाउन सक्छौ ।

केहि सञ्चार माध्ययहरुले गरिब, विपन्न परिवारहरुले भोग्नु परेका रोग, भोक र सोकका कयौ घटनाहरु बाहिर ल्याउदा उल्लेख्य सहयोग प्राप्त भएको र ति परिवारको जीवनशैली सुधार भएका घटानाहरु पनि छन ।

जो जुन पेशा र व्यवसायमा आवद्ध भएपनि हामी सबैको लक्ष्य दिगो सामाजिक विकासमा योगदान गर्नु नै हो भन्ने कुरा विर्सनु हुदैन । अझ हामी पत्रकारहरुको भुमिका निकै उच्च हुन्छ । हामीले तयार पारेको समाचारले सामाजिक मर्यादा उच्च हुन्छ भने हामीले लेखेको समाचारकै कारण सामाजिक दृष्टिकोष गलत बन्ने गर्दछ ।

सायद वि.स.२०६८ सालको कुरा होला । त्यति बेला मैले रुकुम जिल्लाको सानीभेरी किनारका ओडारहरुमा बसिरहेका बादि समुदायको जीवनशैली बारे एभिन्यूज टेलिभिजनका लागि एउटा भिडियो सामग्री तयार पारेर प्रशारण गरेको थिए । त्यसको केहि महिना पछि म एउटा कार्यक्रममा सहभागि हुन काठमान्डौ आए । काठमान्डौ आएपछि धेरै जनाले रुकुमका मान्छेहरु अझै पनि ओडारमै बस्छन भन्ने भाष्य प्रयोग गरेर म समेतलाई असहज व्यवहार गरेको पाए । हुन त यस समाचारको प्रभाव पछि बादि समुदायको लागि उल्लेख्य सहयोग भएपनि आम रुकुमेली समुदायको आत्मसम्मानमा चोट पुगेको महसुस मैले गरेको थिए ।

हामी रुकुमेली पत्रकारहरुको निरन्तरको समाचारले रुकुम जिल्लाका विकास निर्माण, ऐतिहासिक क्षेत्र, धार्मिक, तथा साँस्कृतिक एबं पर्यटकिय क्षेत्रहरु समेत देश विदेश सम्म प्रचारप्रसार भई रुकुम जिल्लाको पहिचान स्थापीत गर्न योगदान गरेका छौ । २०६५ साल सम्म जिल्लाको भेरि नदिका कयौ ठाउँहरुमा तुईन वा काठे पुलको साहायताले वारपार गर्नुपर्ने जोखिमपुर्ण अवस्था थियो ।

वर्षोनि कयौ मानिसहरु वारपार गर्दा बगेर मृत्यु भएको घटनाहरुको निरन्तरको समाचार संप्रेषणबाट सम्वन्धीत निकायहरुमा दवाब पर्न गई पुलहरु बनेका कयौ उदाहरण हामीले देखेका छौ ।

हामी सबैले साच्चै सामाजिक विकासमा प्रभावकारी भुमिका निर्वाह गर्ने हो भने स्थानीय सरकार समेतको सहकार्यमा पत्रकारको क्षमता विकासका साथै जिल्लाको समग्र विकासमा पत्रकारहरुको भुमिकालाई सामुहिक जिम्मेवारीका रुपमा लैजानु पर्दछ ।

पत्रकारलाई असहज व्यवहारले सामाजिक विकासको साझा दायित्व पुरा गर्न सक्न्नि । स्थानीय विकासमा पत्रकार समेतलाई अभिन्न रुपमा स्वीकार गर्नु पर्दछ । हाम्रो जिल्लाका सकारात्मक अभ्यासहरुलाई अन्यत्र प्रयोग गर्न, जिल्लाको पहिचानका रुपमा रहेका धार्मिक, साँस्कृतिक ऐतिहासिक र पर्यटकिय क्षेत्रहरुको समेत सकारात्मक प्रचारप्रसार गर्न समेत स्थानीय सरकारले पत्रकारहरुसंग सहकार्य अनिर्वाय छ ।

आज जुन स्थानीयतहका प्रमुख उपप्रमुख लगायतका स्थानीय सरकारका कामहरु चर्चित छन ति सबै कार्यहरुमा संचार क्षेत्रकै योगदान हो ।
देश संघियतामा गएसंगै पत्रकारीता क्षेत्रको बृद्धि विकासका कामहरु अपिक्षाकृत छैन ।

जिल्लागत रुपमा आउने हरेक वजेटमा पत्रकारहरुका विकासमा बजेट विनियोजन हुदै आएकोमा पछिल्ला समय स्थानीय सरकारहरुले केहि सिमित पत्रकारहरु बाहेक संस्थागत विकासमा अपिक्षाकृत उपलब्धी देखिएको छैन । हामीले जिल्लाका हरेक गतिविधीहरुमा सकारात्मक पहिचानका लागि जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायहरु र संचार क्षेत्र विच सहकार्य हुन आवश्यक छ ।

सेवा, सुविधा र जोखिमका कारण यस पेशाबाट पलायन हुनबाट रोक्न र नयाँ जनशक्तिलाई आर्कषण गर्न सरोकारवालाले समयमै ध्यान दिन आवश्यक छ । धेरै जिल्लाहरुमा जस्तै हाम्रो जिल्लामा पनि सबै स्थानीय सरकारको सहयोगमा जिल्ला समन्वय समितिको अगुवाईमा पत्रकारीता विकासका लागि बास्केट फन्ट बनाएर जिल्लाको पत्रकारीताको विकासका लागि पहल गर्नु जरुरी छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *