दार्चुलामा जिप दुर्घटनामा ८को मृत्यु

दार्चुलामा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। शुक्रबार शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परेको थियो।

गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज३३८ नम्वर जिप सडकबाट तीन सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले जानकारी दिए।

दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारत उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । अन्य मृतकहरुको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परी चार जना घाइते भएका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए।

‘अहिलेसम्म जिपमा सवार १२ जना खुलेको छ। चालकको अवस्थामा पनि गंम्भिर छ, घटनाबारे बाँकी बुझ्ने काम भइरहेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *