शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिने कार चालकले गरे आत्मसमर्पण

शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिने कार चालकले आत्मसमर्पण गरेका छन्।

बुधबार बौद्ध बस्ने झाँक्री प्रकाश भुजेलले प्रहरी वृत बौद्धमा आत्मसमर्पण गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

‘उहाँले बौद्धमा आत्मसमर्पण गर्नुभएको छ,’ उनले भने, ‘दुर्घटनापछि टायर बालेर ढुंगा प्रहार हुने अवस्था बनेता पनि अहिले अवस्था सामान्य छ।’

आज दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै बा १९ प २६९५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट दुई जना घाइते भएका थिए भने उनीहरूको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *