संस्कार अभियानको सङ्क्षिप्त जानकारी, अवधारणा र आगामी लक्ष्य
संस्कार प्रज्ञा–प्रतिष्ठान संस्कार अभियान संचालन गर्न स्थापना गरिएको एक गैरनाफामूलक संस्था हो । वि.स.२०८१ साल जेठ १९ गते अधिवक्ता दिनेश खड्काले तयार गर्नुभएको संस्कार अभियान सम्वन्धी संस्थागत अवधारणा पारित गरि कानुनी रूपमा वि.स.२०८१ साल असार ३० गते दर्ता भएको हो ।
संसारभर फैलिएर रहेका नेपालीहरू बिच एकता कायम गरि विश्वका विभिन्न देशमा रहेका नेपालीहरूको सिप, क्षमता र दक्षताको प्रयोग गरि समुनत नेपाल निर्माणमा योगदान गर्न, नेपालको सनातन संस्कृति र परम्पराको प्रर्बद्धन गर्न, नेपालको ऐतिहासिक गौरवको खोज, अध्ययन र अनुसन्धान गर्ने, नेपालीहरूको जीवनशैलीलाई व्यवस्थित र आत्मनिर्भर बनाउन अभिप्रेरित गर्ने उदेश्यले संस्कार अभियानको अवधारणा तर्जुमा गरि कानुनी रूपमा संस्था स्थापना गरिएको हो ।
सनातन संस्कृति, नेपालीपनको पहिचान, जीवनशैली व्यवस्थापन, नैतिक शिक्षा र मानवीय भावनालाई सुदृढ बनाउने लक्ष्य रहेको छ । संस्कार अभियान विद्यमान नैतिक शिक्षा, नेपाली मौलिकता र कानुनी समाज स्थापनामा केन्द्रित रहेको छ ।
संस्कार आफैमा बृहत् विषय भएकाले यस मानवीय जीवनशैली, मानवीय सहायता, वातावरणीय संरक्षण लगायतका विषयहरूमा सकारात्मक योगदान गर्न अभिप्रेरित छ । मानिस वातावरणको सबैभन्दा चेतनशील प्राणी भएकोले मानवीय दायित्व समेत वातावरणका सबै पक्षहरू प्रति सकारात्मक भावना राखि रचनात्मक योगदान गर्नु वर्तमान मानवीय संस्कारका भएकाले सो जिम्मेवारी पुरा गर्न एक अग्रगामी अभियानका रूपमा संस्कार अभियानको अवधारणा रहेको छ ।
बर्तमान अवस्थामा मानिस शैक्षिक योग्यतामा सर्वोत्कृष्ट स्थानमा रहेपनि वातावरणमा रहेका अन्य सजीव तथा निजिव बस्तुहरू प्रति मानवीय रूपमा निर्वाह गनुपर्ने कर्तव्यबाट विस्तारै मानिस विमुख हुदै गएको तथ्यलाई समेत ध्यान राखि मानवीय दायित्व, कर्तव्य र अधिकारका क्षेत्रमा समेत सचेतनात्मक अभियान सञ्चालन गरि प्रभावकारीता विस्तार गर्ने बृहत् लक्ष्य रहेको छ ।
नेपालको दिगो विकासका लागि नेपालको प्राकृतिक स्रोत साधनको परिचालन, सनातन संस्कार, संस्कृतिको व्यवस्थापन नै भएकाले यस अन्तर्गत कृषि र पर्यटनका विविध पक्षहरूलाई समेत विकासको मूलधारमा समावेश गर्न जरुरी भएकाले यस सम्बन्धमा समेत पैरवी गर्ने लक्ष्य रहेको छ । यसका अतिरिक्त मानिसले वातावरणीय सरसफाइ र संरक्षणमा समेत ध्यान दिनुपर्ने कुरामा जोड दिने लक्ष्य समेत रहेको छ ।
संस्कार अभियानको अर्को मुख्य उदेश्य भनेको संसारभर फैलिएका नेपालीहरू बिच एकता कायम गर्न दिगो संस्थागत सञ्जाल निर्माण गरि जीवनमा एक पटक नेपाल घुम्ने वातावरण तयार गर्ने, सनातन हिन्दु धर्ममा आस्था राख्नेहरू र बुद्धमार्गिहरूले जीवनमा एक पटक मात्र नेपाल भ्रमन गर्ने हो भने नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्छ । अर्को कुरा नेपालका खेतीयोग्य सबै जमिनहरूमा कृषि तथा पशुपालनका लागि विषेश अभियान नै सञ्चालन गर्न विषेश कार्ययोजना कार्यान्वयन गर्ने, हरेक हप्ता कम्तीमा ३ घण्टा सार्वजनिक श्रम गर्ने बानीको विकास गर्न अभियान सञ्चालन गर्ने । समाज सुधार गर्न र निरन्तर अध्ययन गर्ने बानीको विकास गर्न टोल स्तरमा पुस्तकालय, वाचनालय, संगित तथा भजन केन्द्रहरू स्थापना गरि साप्ताहिक रूपमा सञ्चालन गर्ने ।
बाल संस्कार, युवा संस्कार र नारि संस्कारका लागि अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्ने । जेष्ठ तथा निबृत्त कर्मचारीहरूलाई सामाजिक सल्लाहकारका रूपमा ज्ञान र अनुभव आदान प्रदान गर्न साप्ताहिक जीवन दर्शन कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य समेत राखिएको छ । विद्यमान युवा पलायनका कारण लोभ बन्दै गएका सांस्कृतिक परम्परालाई जीवन्त बनाउन परम्परागत कला, साहित्य र संस्कृतिको जर्गेना गर्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न संस्कार कल्वहरू मार्फत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने । विद्यालय स्तरमा संस्कार कल्व र समुदाय स्तरमा संस्कार युवा कल्वहरुको स्थापना गरि संस्कार अभियान सञ्चालन गर्ने र विदेशमा गोर्खाली कल्व, नेपाली कल्व वा संस्कार कल्व जस्ता विभिन्न संस्थाहरूको सञ्जाल निर्माण गरि नेपालमा भम्रन गर्ने दरमा सुधार गर्ने लक्ष्य रहेको छ ।
पर्यटन विकासका लागि नितिगत व्यवस्था नै परिवर्तन आवश्यक छ । पर्यटन पूर्वाधार, पर्यटकहरूको सुरक्षा र पर्यटकहरूको सहुलियतका लागि अग्रकानुनी व्यवस्था, तत्काल उद्धार तथा खोजको व्यवस्थापन समेत प्रभावकारी हुनु पर्दछ । नेपालीहरूको नियमित कार्ययोजना र समय व्यवस्थापन गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।
हामी नेपालमा वस्ने प्रायः निकै फुर्सदिला छौ । घरमा असरल्ल झार उर्मेर हैरान छ तर हामी चिया पसलमा बसेर देश बनेन भनेर ठुलठुला गफ गरिरहेका भेट्छौ । समयसापेक्ष देशले अग्रगति लिन नसक्नुको मुख्य कारण हामी नागरिक र राज्यले समेत उपलब्ध स्रोत साधनको सदुपयोग नसकेको हो । हरेक व्यक्ति जिम्मेवार नभए सम्म राज्य विकसित हुन सक्दैन भन्ने कुरा हामीले बुझ्न सकेनौ । देश विकासका विविध पक्षहरू भएपनि सामान्यतया परिवारको व्यवस्थापन विना समाज वा राज्यको व्यवस्थापन गर्न सकिन्न ।
संस्कारयुक्त राज्य वा समाज निर्माण गर्न सबै भन्दा पहिला त्यस देशका नागरिक र पारिवारिक व्यवस्थापन हुन अति आवश्यक छ । परिवारको आत्मनिर्भर विना समाज वा राज्य आत्मनिर्भर बन्न सकदैन । आज जति विकसित देशहरू छन ति सबै देशका नागरिकहरूको रचनात्मक योगदान नै निकै महत्वपूर्ण रहेको छ । ति देशका पौरखी नागरिकहरूको भूमिकाले ति देशहरूले विकासमा उल्लेखनीय उपलब्धीहरू हासिल गरेका छन । हामी चार वर्ष भन्दा बढि समय बर्तमान राजनीतिक दल र राज्य व्यवस्थाले विकास गर्न सकिएन, कुनै प्रगति भएन भनेर अनेकौँ बहस गछौ तर चुनाव आउँदा उनै पुराना राजनीतिक दलहरूलाई मतदान गछौ ।
राजनीतिक दक्षता नभएकालाई सत्तामा पु¥याए पछि गुनासो गर्नुको कुनै अर्थ रहदैन । जव सम्म राजनीतिक एजेन्डाका आधारमा नागरिकहरूले स्वस्फुर्त मतदान गर्ने परम्पराको विकास हुदैन तवसम्म कुनै परिवर्तन वा रूपान्तरणको सम्भावना रहदैन । आफ्नो पारिवारिक व्यवस्थापन गर्न नसक्ने, कुशल राजनीतिक संस्कारका लागि योग्य व्यक्तिलाई मतदान गर्न विवेक प्रयोग गर्न नसक्ने तर नेपालको मात्र नभएर विश्व राजनीतिको अनेकौँ बहस गर्नेहरूको कुनै अर्थ रहदैन ।
हामी संस्कार अभियानका माध्यमबाट यस्ता कार्यहरूलाई सुधार गर्न रचनात्मक पैरवी गर्न चाहान्छौ । एउटा नागरिक एक्लैले राज्य परिवर्तन गर्न त सक्दैन तर उसले आफ्नो घरलाई आत्मनिर्भर र व्यवस्थापन गर्न सक्छ भने देश विकासका लागि स्पष्ट एजेन्डा भएको असल उम्मेदवारलाई मतदान गर्न सक्छौ । असल र विवेक सम्वत् मतदानले राज्य सत्ताको रूपान्तर गर्न सकिन्छ । नागरिकहरूले राष्ट्रिय सवालमा आफ्नो विवेक प्रयोग गर्ने हो भने एक दशकमा राज्यले उल्लेखनीय प्रगति हासिल गर्न सक्छ । विश्व इतिहासमा यस्ता कैयौ घटनाहरू छन ।
अव हरेक नागरिकले आफू र आफ्नो परिवार अनि आफू आबद्ध रहेको संस्थाको व्यवस्थापन र आत्मनिर्भर गर्ने हो भने रूपान्तरण धेरै ढिला हुने छैन । संस्कार अभियानले यस्ता रचनात्मक कार्यमा थप मद्यदत गर्ने छ । यस अभियानमा आबद्ध हुने हरेक व्यक्ति सुरुमा आफू संस्कारी हुनु पर्दछ । उसले नागरिक दायित्व र जिम्मेवारी पुरा गर्न प्रतिबद्धता सहितको संस्कार अभिमुखीकरण पुरा गरेको हुनुपर्ने भएकाले संस्कार अभियानले समाजमा विद्यमान कयौ गैरकानुनी कार्यहरू समेतलाई रोकथाम गर्ने छ ।
एउटा पारिवारिक व्यवस्थापन भित्र परिवारका हरेक सदस्यहरूको स्वास्थ्य, सुरक्षा, आर्थिक व्यवस्थापन सहितको आत्मनिर्भरता, सामाजिक मर्यादा, मानवीयता भावना, सामाजिक सेवामा योगदान, रचनात्मक र असल जीवनशैली लगायतका कयौ विषयहरूमा अभिमुखीकरण हुने भएकाले जीवन प्रति निराश भएका, गैरकानुनी कार्यमा लागेका वा कुलतमा फसेकाहरूले समेत जीवन सुधार गरि रचनात्मक कार्यमा आबद्ध हुनसक्ने छन ।
संस्कार अभियानले मानवीय सेवाका क्षेत्रमा समेत बृहत् रूपान्तरण गर्ने लक्ष्य राखेको छ । यस अभियान अन्तर्गत व्यक्तिगत जीवनको विकासका विविध पक्षहरूलाई सकारात्मक कर्ममा लाग्न अभिप्रेरित गर्दछ । त्यसैले त संस्कार नेपाली पहिचान, संस्कार सुख, शान्ति, समृद्धि र प्रगतिको आधार भन्ने मूल भावनाका साथ संस्कार अभियान प्रारम्भ गरिएको छ । यसका विस्तृत लक्ष्य, उदेश्य र नीति तथा कार्यक्रमहरू बारे आगामी दिनमा समावेश गर्ने छौ । जय संस्कार ।। जय नेपाल ।।