राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ट्रम्पलाई बधाई दिँदै राष्ट्रपति पौडेलले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वस्त व्यक्त गरेका छन् ।
‘…संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईंलाई सफलताको शुभकामना’ पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु ।’