साफ वुमन्स च्याम्पियनसीप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिफो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भरिभराउ दर्शकको माझ भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । रंगशालामा लामो समयपछि भरिभराउ दर्क्ष खेफ हेर्न उपस्थित भएका छन् ।
खेलको सुरुदेखि नै भारतले आक्रमक फुटबल खेल्दै नेपालमाथि दबाब बनाएको थियो । तर गोल गर्न सकेन । पहिलो हाफमा दुवै टोलीले गोलका लागि लगात प्रयास गरेपनि सफल भएन ।
पहिलो हाफमा दुवै टोलीले गोलको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । खेलको २० मिनेटमा भारतले राम्रो अवसर पाएको थियो । ज्योती चाैहानले सिक्स यार्ड बक्सबाट हानेको बल बक्समाथिबाट बाहिरिदा भारतले अग्रता लिने अवसर।गुमायो । त्यसअघि मनिषाको कर्नरमा ज्योती किसनले हानेको हेडर नेपालकी अमिसा कार्कीलाई लागेर फर्किएको थियो त्यही रिबाउण्डमा ज्योतीले हानेको बल बाहिरिएको हो ।
नेपालले पनि पहिलो हाफमा केही राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेन । ३१ मिनेट सावित्रा भण्डारी साम्बाको प्रहार भारतीय गोल किपर ई पान्थोइ चानुले रोकिन् । पूर्ण रुपमा क्लियर नभएको बल बक्समा पुगेकी अमिसा कार्कीले पहार गरेकी थिइन् तर त्यो पहार पनि किपर ई पान्थोइ चानुले बचाइन् ।