त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन्। सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। प्यूठान सरूमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसारका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका वडा नम्बर ५ घर भएका ३० वर्षीय देवराज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका थिए। उनीबाट करिब ५४ ग्राम सुनको एक ढिक्का, बेरूवा औंठी र एउटा मोबाइल बरामद भएको थियो।

साथै बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेका देवराजलाई पक्राउ गरेको हो। उनीबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई वटा मोबाइल र एउटा ल्यापटप बरामद भएको छ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *