संवैधानिक कानून विषयक आधारभूत तालिम सुरु

संवैधानिक कानून विषयक आधारभूत तालिम शुक्रवार देखि काठमान्डौमा सुरु भएको छ । नेपाल कानून व्यवसायी परिषद, लयर्स एकेडेमी समितिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिममा दश वर्ष भन्दा कम अवधी सम्म कानुन व्यवसायमा संलग्न भएका ४० जना भन्दा बढि कानुन व्यवसायीहरु सहभागिता रहेको छ ।

शुक्रवार नेपाल राज्यका महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष रमेश बडालले तालिमको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष तथा नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष तथा लयर्स एकेडेमीका अध्यक्ष, बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, परिषदका सदस्य तथा एकेडेमीका उपाध्यक्ष बरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, नेपाल बार एशोसियसनका महासचिव रञ्जिता खनाल लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममको सहजिकरण परिषद्का सचिव श्रीराम खनालले गर्नु भएको थियो ।

उक्त तालिमको सहजिकरण वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सुर्य ढुंगेल, महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, संविधानविद् वरिष्ठ अधिवक्ता डा.भिमार्जुन आचार्य, संविधानविद् वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, नेपाल राज्यका पुर्व महान्यायािधवक्ता बरिष्ठ अधिवक्ता डा.दिनवन्धु पोखरेल, डा.युवराज संग्रौला लगायतले सबैधानिक कानुन विविध विषयमा प्रशिक्षण दिनुहुने बताइएको छ । भाद्र १४ गते सुरु भएको उक्त तालिम २२ गते सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *