प्रधानन्यायाधीश अवकाश हुन थाले, रिक्त न्यायाधीशको टुंगो छैन

सर्वोच्च अदालतमा अहिले चार न्यायाधीशको पद रिक्त छ । २७ महिनादेखि सर्वोच्च अदालतले पुरै २१ जना न्यायाधीश पाएको छैन । न्यायाधीशहरु रिक्त हुने तर समयमा पदपूर्ति नहुँदा सर्वोच्च अदालतमा मुद्दाको चाङ बढ्दो छ ।

१८ असोजमा ६५ वर्षे उमेरहदबाट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा एक महिनाअघि नै आगामी प्रधानन्यायाधीश मात्रै होइन, सर्वोच्च अदालतमा रिक्त हुने अर्को न्यायाधीशको पनि सिफारिस हुनुपर्नेछ । नेपालको संविधानमा सर्वोच्च अदालतको न्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै अर्को न्यायाधीशको सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

न्यायपरिषद सञ्चालन गर्न बनेको न्यायपरिषद ऐन, २०७३ मा पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ न्यायाधीश नियुक्तिको सिफारिस हुनुपर्ने व्यवस्था छ । ऐनको दफा (४)मा भनिएको छ, ‘न्याय परिषदले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगाडि नियुक्तिको लागि सिफारिस गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *