संस्कार प्रज्ञा–प्रतिष्ठानले विद्यमान शैक्षिक कार्यक्रममा संस्कार शिक्षालाई समेट्नु पर्ने बताएको छ । रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष अधिवक्ता दिनेश खड्काले पछिल्ला समयमा नेपालको शैक्षिक स्तर बद्धि भएपनि व्यवहारिक, नैतिक तथा व्यवस्थापकिय शिक्षाको अभावले मानिसहरुको दैनिक जीवनशैली चुनौतिपूर्ण बनेको र जीवन प्रतिको भरोसामा समेत प्रति दिन कम्जोर वन्दै निराशामा बदलिदै गएकाले संस्कार शिक्षा आवश्यक रहेको बताउनु भयो ।
उहाँले समृद्ध, खुसि र व्यवस्थित जीवनका लागि संस्कार शिक्षा अत्याबश्यक भएको बताउदै, जीवन व्यवस्थापन एक बृहत क्षेत्र भएकोले जीवनका हरेक पक्षहरुको संचालन पनि व्यापक क्षेत्रहरु रुपमा संचालन गर्नुपर्ने बताउनु भयो । स्वस्थ जीवनशैली, योजनाबद्ध कार्यशैली,आर्थिक व्यवस्थापन, क्षमता अनुसारको पेशा व्यवसाय, जीन्दगीको महत्व,पारिवारिक सम्बन्ध, सामाजिक सन्तुलत लगायतका विविध विषयहरुमा हाल कुनै विद्याल वा विश्वविद्यालमा अध्ययन नहुने भएकाले यस तर्फ राज्यका निकायहरुले ध्यान दिनुपर्ने समेत उहाँको भनाई थियो ।
हाम्रो ऐतिहासिकता, गौरवमय विरता, बृहत आध्यात्मीक क्षेत्र र फराकिला पर्यटकिय क्षेत्र लगायतका विषयमा गहन खोज,अध्ययन र अनुसन्धान आबश्यक रहेको बताउदै अध्यक्ष खड्काले असल संस्कार मानव जीवनकै महत्वपुर्ण आश्यकता हो । संस्कार शिक्षाले मानिसहरुलाई सहज जीवनयापनका लागि दैनिक जीवनमा आउने समस्या र चुनौतिहरुको व्यवस्थापन गर्न, सामाजिक तथा पारिवारिक दायित्व र जीम्मेवारी पुरा गर्न, खुसि प्रर्वद्धन गर्न, बलियो पारिवारिक संरचना निर्माण गर्न र मानवीय सहायताका क्षेत्रमा रहेका हरेक विषयहरुमा केन्द्रित भएर क्षमता विकास गर्ने भएकाले अवको शिक्षा निति यसतर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले संस्कार अभियान संचालनका लागि लामो खाेज ,अनुसन्धान पछि २०८१ जेठ १९ गते संस्कार शिक्षा सम्वन्धी अवधारण तर्जूमा गरि कानुन बमोजिम प्रभावकारी रुपमा अभियान संचालन गर्न २०८१ असार ३१ गते विधिवद् कानुनी रुपमा संस्था दर्ता गरि आधारभुत कामहरु समेत सुभारम्भ गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा संस्थाका कार्यकारी सदस्य पत्रकार धनवीर दाहालले प्रतिष्ठानका अध्यक्ष दिनेश खड्काकाे निकै लामो अध्ययन, अनुसन्धान र खाेज सम्पन्न गरि गत जेठ १९ गते अभियान्ताहरु विच छलफल गरि सर्वसहमतिले पारित भएको संस्कार अभियान सम्वन्धी अवधारण ऐतिहासिक भएको र यसको सफल कार्यन्वयनबाट मात्र सामाजिक रुपान्तरण योगदान हुने बताउनु भयो । उहाँले यो महत्वपर्ण ऐतिहासिक अबधारणामा सहभागि भइ संस्कार अभियानमा सहभागि हुने अवसर पाएकोमा खुसि समेत व्यक्त गर्नु भयो ।
संस्थाकी कार्यकारी सदस्य ईन्जिनियर विपना खड्काले पछिल्ला बर्षहरुमा मानीसहरु अन्तरद्धन्द र विकेन्द्रित हुदै गएकाे पारिवारिक अवस्थाले हाम्रो उत्कृष्ट मौलिक पारिवारिक तथा सामाजिक संरचनामा ब्यापक क्षति भैरहेका बेला संस्कार अभियानले व्यक्तिगत जीवनयापन, परिवार आत्मियता र सामाजिक सन्तुलनलाई सकारात्मक बनाउन समेत ठुलो योगदान हुने बताउनुहुदै ।उहाँले अभियान कार्यन्वयनमा चुनौति हुने भएपनि हामी सबैको निरन्तरको प्रयासबाट सफल हुने बताउनु भयो । उहँले यस महत्वपुर्ण अभियानमा सहभागि भइ सहयोग गर्न समेत आम समुदायलाई आग्रह गर्नु भयो ।
प्रतिष्ठान अध्यक्ष खड्काले रक्षाबन्धन तथा जनैपुर्णिमाको अवसरमा शुभकामना व्यक्त गदै रक्षाबन्धन तथा जनैपुर्णिमा पर्वको ऐतिहासिक तथा धार्मिक महत्व र ऐतिहासिक परम्पराको जानकारीमुलक सामाग्री समेत प्रकाशित गरिएको बताउनु भयाे । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, विभिन्न क्षेत्रका धार्मिक अनुयायी र सर्वसाधारणहरु समेतको सहभागिता रहेको थियो । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा प्रतिष्ठानका पदाधिकारीहरुबाट विभिन्न मन्दिर तथा धार्मिक स्थलहरुको दर्शन तथा अवलोकन समेत गरिएको थियो ।