रूकुम पश्चिममा बाढीले बगाएको थियो, भूकम्पपछि बनेका टहरा

रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। एक जना बेपत्ता छन् भने सात जना घाइते भएका छन्। खोलाको बाढीले थप तीन वटा घर र दुई वटा घुम्ती पसलहरू बगाएको छ। 

भूकम्पपछि निर्मित टहरा स्थानीय गिजा खोलामा आएको बाढीले भत्काएको हो। जसमा परी ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन र  आठविसकोट वडा नम्बर १० की  ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको छ । 

गिजा खोलामा आएको ढुंगा माटोसहितको बाढी भित्र पसेपछि भूकम्पपछि निर्मित टहरो भत्किएको र तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए।  बाढीमै परी स्थानीय ३५ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरी प्रवक्ता शाहीले बताए । 

बिहान २ बजेतिर आएको बाढीले घर टहरा भत्काउँदा १० वर्षीय विजय सार्की, २२ वर्षीया मनिसा पुन, ६५ वर्षीया मनसरा पुन, २९ वर्षीय जनक खत्री घाइते भएका छन्।  त्यस्तै सोही ठाउँकै अर्को घर बाढीले भत्काउँदा ४ वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएको प्रहरी प्रवक्ता शाहीले बताए। घाइतेहरुको अवस्था सामान्य रहेको पनि उनले बताए। 

गिजा खोलामा आएको बाढीले स्थानीय गमबहादुर खत्रीको जस्ता पाताले छाएको घर, घुम्ती पसल, धनजित सार्कीको घुम्ती पसल र आठविसकोट नगरपालिका वडा नम्बर ८ का दीपक परियारको कच्ची घर, शौचालय र अर्कौ एउटा टहरा पनि बगाइदिएको प्रहरी निरीक्षक शाहीले बताए। 

450062348_1028033718678759_1457692464111622645_n-1721101082.jpg
449530275_1193604861668709_5454028923327941179_n-1721101082.jpg
449860828_855228486501700_3467918680081874725_n-1721101083.jpg
449851722_512507024690044_1472863503315102225_n-1721101083.jpg
450491361_1537602923766789_6458523265679824261_n-1721101083.jpg
449725453_402136029509202_7057448261086520275_n-1721101083.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *