साउन १ देखि थप ५ जिल्लामा पारिवारिक इजलास

नयाँ आर्थिक वर्ष देखि मुद्दाको चाप बढी भएका थप ५ जिल्लामा पारिवारिक इजलास सुरु हुने भएको छ । सर्वोच्च अदालतले साउन १ देखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दाको चाप बढी भएका जिल्लालाई छानेर पारिवारिक इजलास सुरु गर्न लागिएको बताए । त्यस्तो इजलासले महिलावादी भएका अंश, नाता कायम, घरेलु हिंसा, बालबालिकाको हित, सरोकार र हेरचाह जोडिएका मुद्दा हेर्नेछ ।

यस अघि २२ असोजदेखि काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *