नारायणगढ-मुग्लिन खण्डमा २ वटा बस पुरिएको स्थानमा बस र यात्रुको खोजी (तस्बिरहरू)

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटो सहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन् । सो घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

तस्बिर शसस्त्र प्रहरी बल

Leave a Reply

Your email address will not be published. Required fields are marked *