सरकारलाई दिएको समर्थन फिर्ता लियो नाउपाले

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै आगामी २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरु देखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।

अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले बताए । उनले भने, ‘प्रधानमन्त्रीको समय मागेका छौं, समय मिल्नासाथ औपचारिक रूपमा जानकारी गराउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *