निरन्तरको बर्षा पछी आएको पहिरोमा पुरिदा रुकुम पूर्वमा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन । जिल्लाको सिस्ने गाउँपालिका वडा न १ दल्ली गैरामा सोमबार राती आएको पहिरोले सल्ली बिसौनी निवासी ११ वर्षिय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।
प्रहरी अनुसार पहिरोमा सोही स्थानका ४० कर्ण बहादुर बुढा, ३८ वर्षिया गम्भा बुढा र ९ वर्षिया तीलसरा बुढा गम्भीर घाइते हुनभएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाईते तिनै जनाको अवस्था गम्भीर रहेको बताईएको छ । पहिरोमा पुरिएका एक भैँसी, एक पाडो र दुइ वटा गोरुको जीवितै उद्धार गरिएको छ ।