काठमाडौंका मुख्य बजार क्षेत्रमा सटरहरू खाली हुन थालेका छन्। न्यूरोड, असन, कुपण्डोल लगायत व्यस्त सहरमा जताततै सटरहरू बन्द छन्। बन्द ती सटरमा टाँसिएको पर्चामा घरबेटीको नम्बर र टु-लेट लेखिएको देख्न सकिन्छ।
व्यापारिक प्रयोजनका लागि खोलिएका कम्लेक्स, मल लगायतका सटरहरू पनि भाडामा राखेको पाइएको छ। भीडभाड देखिने काठमाडौं लगायत विभिन्न व्यापारिक ठाउँहरू पनि भीड कम हुन थालेको हो। अहिले काठमान्डौका नयाँ सडक, असन, थापाथली, बानेश्वर, कोटेश्वर,बालाजु, कलंकी, बौद्ध, चहाविल, चक्रपथ, नयाँ बजार, ललितपुरको कुपन्डोल, पुलचोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, भक्तपुरको ठिमी, नयाँ वजार लगायतका मुख्य वजार क्षेत्रमा समेत खाली सटरको सुचना टाँसिएका छन ।
व्यवसायीक क्षेत्रका गतिविधीहरु पछिल्ला दिनहरुमा मन्दि आएसंगै सटरहरु खाली भएका हुन । हरेक दिन कारोबार घट्दै गएकाे र महंगो भाडा तिर्न सक्ने अवस्थाले व्यवसायीहरु पलायन हुन थालेका छन। घर भाडा, कर्मचारी खर्च, बैंक व्याज लगायका व्यवसायीक खर्च धान्न कठिन भएपछि अहिले व्यवसायीहरु बैकल्पिक बाटोको खोजी गरिरहेका छन ।
तस्बिरहरू: