अविरल बर्षा पछि दाङमा बस्तीहरु डुबानमा पर्न थाले

दाङ-अविरल वर्षाका कारण दाङको राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेको छ ।  सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका छन् । लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ। 

यस्तै दाङकै इलाका प्रहरी कार्यालय सिसहनियाँको भवन पनि डुबानमा परेको छ । कार्यालयका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको छ । राप्ती नदीमा जलसतह बढ्दै गएपछि तटीय क्षेत्र डुबान र कटानको जोखिममा परेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *