राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सिंहदरबारमा जारी छ। पार्टी संसदीय दलको कार्यालयमा सचिवालय बैठक बसिरहेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बसिरहेको हो।
एमाले र कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको छ। सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधा आधा कार्यकाल बाँड्ने सहमति भएको छ। सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन्।
एमालेले पनि आजै सचिवालय बैठक आह्वान गरेको छ। एमाले सचिवालय बैठक मंगलबार दिउँसो तीन बजे ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ।