एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ ।  नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीले बैठक बोलाएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *