देउवा र ओली मध्यरातमा शीतल निवास

काठमाडौँ । नयाँ सत्ता समिकरणको सहमति भएसंगै कांग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन्। 

कांग्रेसका तर्फबाट सभापति देउवा सहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरू रहेको राष्ट्रपति कार्यालय स्रोतले नेपाली न्युजलाइनलाई जानकारी दियो । 

एमाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल पुगेको नेताहरू बताउँछन् ।

यस अघि २०७९  पुस १० मा देउवाले संसदको पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजना बनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो । राष्ट्रपति पौडेललाई विश्वासमा लिएर ओलीले सरकारबाट समर्थन फिर्ता लिन चाहेको कांग्रेस नेताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *