पहिरोले घर भत्किँदा बालकको मृत्यु

जाजरकोटमा पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ। भेरी नगरपालिका–५ ईब्राका ६ बर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

सोमबार बिहान घर पछाडिबाट खसेको पहिरोले घर भत्किएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद सापकोटाले बताए।

उनका अनुसार प्रिन्सका बुवा रमेश विक घाइते भएका छन्। घरमा ६ जनाको परिवार रहेको र अरु सकुशल रहेको डिएसपी सापकोटाले बताए।

सोमबार बिहान साढे ५ बजे पहिरोले घर भत्किएको उनले बताए। मृतकको पोष्टमर्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको छ। घाइतेलाई पनि उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *