मनसुनमा पानीको पर्याप्तता बढी हुन्छ । आकाशबाट झरेको पानीले बिरुवालाई स्वस्थ राख्ने भएकाले बिरुवा रोप्नका लागि यो सिजन उपयुक्त हुन्छ । यस समय ट्री प्रजाति, अर्नामेन्टल, फल दिने र फूल फुल्ने बिरुवा लगाउन सकिन्छ । चाहनाअनुसार मानिसले स्थानीय वा कलमी गरिएका (हाइब्रिड) बिरुवा लगाउन सक्छन् । स्थानीय प्रजातिको दाँजोमा हाइब्रिड बिरुवा चाँडै फक्रन्छन् र फुल्छन् ।
– ह्याबिस्कस फूल : अहिलेको सिजनमा रोप्नका लागि उपययुक्त बिरुवा हो । यो फूललाई घर, आँगन, बार्दलीमा रोप्दा राम्रो देखिन्छ ।
– सूर्यमुखी : समर सिजन सुरु भएदेखि नै यो फूल रोप्न मिल्छ । स्थानीय प्रजातिको सूर्यमुखी तीन महिना र हाइब्रिड दुई महिनामै फुल्छ ।
– नीलकमल : यो निकै राम्रो फूल हो । यो कमलको फूलजस्तै फुल्छ ।
– जर्बेरा डेजी : यो निकै सुन्दर बिरुवा हो । यसको फूल सेतो र हल्का पहेँलो रङको हुन्छ ।
– क्यामेलिया अर्थात् चाइनिज रोज : यसमा काँडा हुँदैन । यो एभरग्रिन प्लान्ट हो । डार्क ग्रिन हुन्छ ।
– रबर प्लान्ट : रबर प्लान्ट बहुगुणी बिरुवा हो । यो निकै सुन्दर देखिन्छ । यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोस्छ । कम प्रकाशमा पनि यो राम्ररी हुर्कन्छ । यो इन्डोर प्लान्ट्स हो ।
– स्नेक प्लान्ट्स : स्नेक प्लान्ट्सले रातको समयमा कार्बनडाइअक्साइड सोस्छ । यसले एलर्जी कम गर्न पनि सघाउँछ । यसलाई घरको कुनै पनि कोठामा लगाउँदा हुन्छ । बैठककोठामा सजाउँदा राम्रो देखिन्छ ।
नयाँ पत्रिका बाट