अधिवक्ता दिनेश खड्का, रुकुम – व्यक्ति एक भूमिका अनेक भएका व्यक्ति हुन अधिवक्ता दिनेश खड्का। कर्णाली प्रदेशको दुर्गम पहाडी जिल्ला रुकुम पश्चिममा वि.स.२०४६ साल जेठ १९ गतेका दिन माता श्रीमती मोती खड्का र पिता श्री मोतीराम खड्काको १६ औ सन्तानका रूपमा उनको जन्म भएको हो । गरिबी, रोग र अनेकौँ चुनौतीका कारण उनकी आमाले दश सन्तान गुमाएपछि हाल उनका चार दाजु र एक दिदी हुनुहुन्छ । आफ्ना माता पिता र दाजुहरूसँग बस्दै आएका खड्का हाल अस्थायी रूपमा भने ललितपुर जिल्लामा बस्दै आएका छन ।
सबैसँग मिलनसार, मिजासिलो, सहयोगी र इमान्दार छवि बनाएका दिनेश खड्का गैरकानुनी, असत्य र अराजकताका विरुद्धमा भने निकै कठोर स्वभावका छन । उनी गरिब, विपन्नता, अशक्त र असाहयहरू प्रति निकै नै दयालु र सहयोगी भावनाका छन । सरल स्वभाव र सामान्य जीवनयापनमा रमाउने उनी सामाजिक न्याय, दिगो पारिवारिक विकास र पर्यावरणीय संरक्षण उनका अतिरिक्त रुचीका विषयहरू हुन ।
गरिब, विपन्नताका बिच ठुलो परिवारमा हुर्केका उनको बाल्यकाल निकै कठिन र चुनौतिपुर्ण रूपमा बित्यो । कानुन, शिक्षा, पत्रकारीता र व्यवस्थापन विषयमा औपचारिक शिक्षा र संस्कार, संस्कृति र जीवन व्यवस्थापनमा स्वाध्ययन गर्नुभएका दिनेश खड्काले कानुन, पत्रकारीता र बौद्ध शिक्षामा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन ।
बाल्यकालमा गरिवी र विपन्नताबाट मुक्ति पाउन उनका एक जना दाजुले २ वर्ष जन्म मिति बढाएर नागरिकता बनाई एक सरकारी कार्यालयमा कार्यालय सहयोगीका रूपमा जागिर लगाईदिएका थिए । सानै देखि पढाई र अतिरिक्त क्रियाकलापमा अब्ल रुची भएका उनले केही समयपछि पढाईमा असर पर्ने भएपनि सरकारी कार्यालयको पियन जागिर छोडेर निरन्तर अध्ययनमा लागेका थिए ।
विद्यालय स्तमा साहित्य लेखन, वक्तृत्व कला, हाजिरी अभाव लगायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरि दर्जनौ पुरस्कार समेत प्राप्त गरेका थिए ।
बाल्यकालमा वातावरण संरक्षण, सामाजिक विकास, शान्ति स्थापना र सुशासन कायमका लागि पैरवी गर्न शान्तिका लागि युवा सञ्जाल, असल शासन कल्व, ईको कल्व, स्काउट, युवा रेडक्रस सर्कल, लायन्स कल्व लगायतका कयौ सामाजिक संघ संस्थाहरूको स्थापना गरि सञ्चालन गरेका थिए । कल्वहरूको अध्यक्ष र नेपाल स्काउट रुकुमको कार्यक्रम आयुक्त समेत भएका उनी चेम्बर अफ कर्मस रुकुमको जिल्ला सचिव र रुकुम उद्योग वाणिज्य संघको सल्लाहकार समेत भएका थिए भने रुकुम इलेक्ट्रिक व्यापार संघका संस्थापक अध्यक्ष र महासचिव पदका रूपमा कार्य गरेका थिए ।
पत्रकारीता, कानुन र साहित्यिक क्षेत्रमा रुचि राख्ने खड्का उपन्यास, कथा, मुक्तकसंग्रह लगायतका विभिन्न खोजमूलक पुस्तकहरू प्रकाशित छन । बहुचर्चित उपन्यास क्षितिज पारिको मिलनका लेखक खड्काका कथा संग्रह उनका लागि, मुक्तकसंग्रह र रुकुम जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूको ऐतिहासिकता विविध विषयमा खोज गरि लेखिएको पर्यटकीय रुकुम नामक पुस्तक समेत प्रकाशित भएका छन ।
सशस्त्र द्धन्दका कयौ घटनाहरू बेहोरेका दिनेश खड्काले १४ वर्षको उमेर देखि पत्रकारीता सुरु गरेका थिए । वि.स.२०६२÷०६३को आन्दोलन पछि निरन्तर पत्रकारीतामा रहेका दिनेश खड्काले मुसीकोट दैनिकको प्रकाशक तथा सम्पादक भएका उनले जीवन मासिक, एभिन्युज खवर मासिक, सिस्ने पोस्ट पाक्षिक लगायतका विभिन्न पत्र पत्रिकाको सम्पादक, जन्तीधारा साप्ताहिक, समावेशी आवाज दैनिक लगायतका पत्रपत्रिकाका लामो समय काम गर्नु भयो ।
पत्रकारीताका सिलसिलामा नेपालका सबैजसो जिल्ला र भारत, बगंलादेश, श्रीलंका लगायतका देशहरूको अध्ययन भ्रमन समेत गरेका छन । पत्रकारीता मार्फत रुकुम जिल्लाको समग्र विकासमा योगदान गरेको भन्दै तत्कालीन जिल्ला विकास समिति लगायतका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू मार्फत दर्जन बढि पत्रकारीता पुरस्कार तथा सम्मान समेत प्राप्त गरेका छन ।
सशस्त्र द्धन्द र यस बाट उत्पन्न विषयहरूमा लामो समय राष्ट्रिय स्तरमा मिडिया पैरवी गर्न दिनेश खड्काले १५ वर्ष भन्दा बढि समय एभिन्युज टेलिभिजनमा काम गरेका उनले पछिल्लो समय नेपाली न्युजलाईन डट कम अनलाईन पोटल मार्फत पत्रकारीता गदै आएका छन । उक्त अनलाईन मिडियामा सञ्चालन तथा सम्पादकका रूपमा कार्यरत रहेका छन भने अन्य विभिन्न मिडियाहरूमा सहकार्य गदै आएका छन ।
नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन लगायतका विभिन्न पत्रकार संघ संगठनमा आबद्ध भएका उनी महासङ्घको सदस्य र प्रेस युनियनको रुकुम जिल्ला अध्यक्षका रूपमा २०७४ साल देखि २०८० साल सम्म लगातार काम गरेका थिए ।
वि.स.२०७८ साल देखि भने निरन्तर रूपमा कानुन व्यवसायी क्षेत्रमा कार्यरत अधिवक्ता दिनेश खड्काले नेशनल ल एकेडेमी नामक ल र्फम संस्थापक तथा कार्यकारी प्रमुखका रूपमा काम गदै आएका छन । व्यवसायीक क्षेत्रमा भने वि.स.२०७१ साल देखि निरन्तर रूपमा डि.के.टे«डर्स, डि.के.ग्रुप लगायतका व्यवसायी संस्थाहरू सञ्चालनमा रहेका छन । नेपालको सुप्रतिष्ठित चौधरी ग्रुपको आधिकारिक डिलरका रूपमा उक्त कम्पनीबाट उत्पादित तथा प्रर्वद्धन गरिएका इलेक्ट्रिक सामानहरूको डिरसिपका रूपमा रहेका यी व्यवसायी संस्थाहरूले रुकुम पश्चिम जिल्लाहरूमा एल.जी, सि.जि, सेन्साई लगायतका दर्जनौ ब्रान्डका इलेक्ट्रिक सामानहरू विक्री गदै आएका छन ।
यी व्यवसायी संस्थाहरूले घरायसी सामानका अतिरिक्त, संगित तथा सजावटका सामानहरू समेत विक्री गदै आएका छन । विभिन्न समयमा फरक फरक पेशा, व्यवसायको भूमिकामा रहेका दिनेश खड्का जुन पेशा व्यवसायमा रहेपनि मेहनती र इमान्दारीताको छवि बनाएका छन । रुकुम पश्चिमका बहुचर्चित व्यक्ति समेत हुन । उनी पत्रकार, व्यवसायी र कानुन व्यवसायी वा साहित्यकार वा अन्य सामाजिक नेता हुँदा सधैँजसो चर्चामै रहे । हरेक काम व्यवस्थित हुनुपर्ने मान्यताका कारण हरेक क्षेत्रमा सफल र चर्चित भएर आफूलाई स्थापित गदै आए ।
पछिल्लो समय कानुन व्यवसायका अतिरिक्त उनी नेपाली सनातन संस्कार र संस्कृतिको क्षेत्रमा योगदान गर्न संस्कार प्रज्ञा–प्रतिष्ठानको स्थापना गरि नेपालको धर्म, संस्कार, संस्कृति र नेपाली गौरवका विविध क्षेत्रको अध्ययन अनुसन्धानका क्षेत्रमा कार्य गदै आएका छन ।
यस प्रतिष्ठानका संस्थापक अध्यक्ष रहेका अधिवक्ता दिनेश खड्काले जीवन व्यवस्थापनका विविध पक्षहरूमा निरन्तर अध्ययन गदै आएका छन ।